दर्शकले ‘रोल नं १’ ‘पूर्ण बहादुरको सारङ्गी’भन्दा राम्रो भनेपछि…

काठमाडौं । चलचित्र ‘रोल नं १’ले पाएको प्रतिक्रियाले आफू ढुक्क भएको निर्माता विनोद पौडेलले बताएका छन् । शुक्रबार सिनेमा हेर्ने दर्शकले ‘रोल नं १’ मन पराइदिएपछि निर्माता पौडेल अब सिनेमाले गति लिनेमा ढुक्क छन् ।

सिनेमा हेर्ने दर्शकले चलचित्र राम्रो रहेको र हेर्नै पर्ने भन्दै सामाजिक सञ्जालमा लेख्न र बोल्न थालेपछि ‘अब रोल नं १’ले वर्ड अफ माउथ राम्रो पाउनेमा निर्माता पौडेल विश्वस्थ छन् ।

‘रोल नं १’ केवल हल गएर साढे २ घण्टा समय बिताउने सिनेमा मात्रै नभएर मनभित्र लामो समय बाँचिरहन्छ भन्दै यस्तो मनछुने सिनेमा अझै धेरै बन्नुपर्छ भन्दै सामाजिक सञ्जामा आउन थालेका छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ भन्दा राम्रो सिनेमा हेर्न नछुटाउनुस् है भन्नै स्टाटस आउन थालेपछि र सिनेमा हेर्ने बालबालिकाले आफू र आफ्ना अभिभावकले हेर्ने पर्ने भन्दै प्रतिक्रिया दिन थालेका छन् ।

यस्तै प्रतिक्रियाले ‘पूर्ण बहादुरको सारङ्गी’ ऐतिहासिक सिनेमा बनेको भन्दै निर्माता पौडेलले त्यही बाटो ‘रोल नं १’ले पनि समाउनेमा आशावादी देखिएका छन् ।

स्कुले शिक्षा, त्यसको महत्व र अहिलेको मूल्यांकन विधिले बालबालिकामा परिरहेको असरको कथा र अभिभावकले दिने दबाब तथा त्यसको प्रभावलाई दशर्कले मन पराएको निर्माता पौडेलले बताएका छन् ।

“हामीले जुन उद्देश्य र अपेक्षा राखेका थियौँ, जसरी सिनेमा दर्शकले बुझ्नु हुनेछ भन्ने अपेक्षा राखेका थियौँ,” विनोद भन्छन्, “हामी यसमा सफल भएका छौँ । दर्शकले दिएको प्रतिक्रियाले हामीलाई निकै उत्साहित बनाएको छ ।”

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ चल्दा आएको प्रतिक्रियाको झल्को आफूले महसुस गरिरहेको उनले बताएका छन् ।

दर्शकको प्रतिक्रिया बुझ्न मुख्य कलाकारहरू यतिबेला मोफसलका हलहरूमा पुगेका छन् । अभिनेता मुकुन भुसाल, सुशांक मैनाली र शंकर आचार्य झापाका विभिन्न सिनेमा हलमा पुगेर दर्शकलाई भेटिरहेका छन् । झापाबाट सुरु भएको यो यात्रा देशका अन्य प्रमुख सहरहरूमा पनि जारी रहने निर्माण टिमले जनाएको छ ।

जोन योञ्जनको निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।