डबल रोल गर्ने पहिलो कलाकार को हो ?
काठमाडौं । नेपाली सिनेमा उद्योगमा रहेका थुप्रै रेकर्डमध्ये गोपालराज मैनालीको नाममा पनि एउटा रेकर्ड छ । हास्य कलाकार गोपालराज मैनाली नेपाली सिनेमा उद्योगमा डबल रोल गर्ने पहिलो नेपाली कलाकार हुन् ।
वि.स. २०३९ सालमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जीवन रेखा’मा गोपालराज मैनालीले पहिलोपटक डबल रोल (एउटै कलाकारद्वारा दुई भूमिका) निभाएका थिए ।
भीएफएक्स टेक्नोलोजी थिएन । जसलाई क्यामेरा एक्सपोजर, ब्लकिङ र डमी प्रयोगका साथै एक्स्ट्रीम सिन्क्रोनाइजेसन (एकै फ्रेममा दुबै पात्र देखाउने क्षणहरू) को अत्यन्तै जटिल संयोजनको सहारामा उनको डबल रोल खिचिएको थियो ।
त्यो समयमा यस्तो प्रयोग जोखिमपूर्ण र नयाँ थियो । तर, सफल प्रयासले नेपालमा पहिलो डबल रोल भएको चलचित्रको रूपमा इतिहास ‘जीवन रेखा’ले बनायो ।
यो चलचित्रलाई मन्जु कुमार श्रेष्ठ र मुरारी ठाकुरले खिचेको थिए । प्रकाश थापाले निर्देशन गरेका थिए ।
केशवराज पिँडालीको उपन्यास ‘अन्त्यदेखि सुरु’मा आधारित रहेको यो सिनेमाको कथा तयार पारिएको थियो । पटकथा/संवाद चेतन कार्की र प्रकाश थापाले तयार पारेका थिउ ।
शाही नेपाल चलचित्र संस्थानले निर्माण गरेको चलचित्रको मुख्य कलाकारमा शिव श्रेष्ठ थिए । शिव श्रेष्ठको यो पहिलो चलचित्र थियो । मीनाक्षी आनन्द, अर्जुनजंग शाही, शान्ति मास्के, बसुन्धरा भुसालगायत कलाकार यो सिनेमामा थिए ।




