दीपकले बनाएको यो दूर्लभ रेकर्ड
नेपाली सिनेमा उद्योगमा थुप्रै रेकर्ड छन् । थुप्रैका नाममा रेकर्ड छन् । केही रेकर्ड कलाकारका नाममा छन् । केही प्रविधिका नाममा छन् । केही संस्था र कम्पनीका नाममा छन् ।
यस्तै एउटा रेकर्ड छ, आमा सरस्वती मुभिजका नाममा । यो नेपालको सबैभन्दा धेरै पैसा कमाउने चलचित्र निर्माण कम्पनी हो ।
आमा सरस्वती मुभिजले हालसम्म १ सय करोड अथवा एक अर्ब रुपैयाँ कलेक्सन गरिसकेको छ । यो कम्पनीले बनाएका ८ वटा चलचित्रले एक सय करोड कलेक्सन गरिसकेको छ । यो रेकर्ड अहिलेसम्म कसैले पनि बनाउन सकेको छैन ।
‘६ माया छपक्कै’, ‘६ एकान ६’, ‘वडा नम्बर ६’ र ५ वटा ‘छक्का पञ्जा’ गरेर आठवटा सिनेमा बनाएर यो कम्पनीले सय करोड कमाएको हो । यो दीपकराज गिरीको कम्पनी हो ।
यही कम्पनीले बनाएको चलचित्र ‘छ माया छपक्कै २’ अहिले प्रदर्शन भइरहेको छ । यी सिनेमाको विशेषता के हो भने सबैको हिरो दीपकराज गिरी हुन् ।
निर्देशक भने फरक छन् । दीपाश्री निरौला, उज्जवल घिमिरे, दिनेश डिसी, दीपेन्द्र लामा र हेमराज बिसीले यी सिनेमा निर्देशन गरेका छन् ।

