बाघको प्रयोग गरिएको पहिलो चलचित्र कुन हो ?
नेपाली सिनेमा उद्योगमा यस्ता थुप्रै रेकर्ड छन्, जो निकै अपत्यारिला छन् । चलचित्र ‘जून तारा’मा पनि यस्तै एउटा रेकर्ड छ, जुन पत्याउन निकै कठिन हुन्छ ।
नेपाली सिनेमा उद्योगको इतिहासमा बाघको प्रयोग गरिएको पहिलो चलचित्र ‘जून तारा’ हो । वि.स. २०५४ कार्तिक २२ गते प्रदर्शन आएको यो चलचित्रमा बाघको प्रयोग गरिएको थियो ।
यसमा बाघाई प्रत्यक्ष रूपमा दृश्यमा उतारेर जनावरको प्रयोगमा साहसिक प्रयोग गरिएको थियो । नेपाली चलचित्रमा पहिलोपटक यति ठूलो र खतरनाक जनावर प्रयोग गरेर कथामा रोचकता थपिएको थियो । त्यो समयका लागि यो निकै चुनौतीपूर्ण थियो ।
‘जुन तारा’ रमेश बुढाथोकीले निर्देशन गरेको चलचित्र थियो । यो चलचित्रमा राजेश हमाल, जल शाह, धिरेन शाक्य, नीर शाह, राजाराम पौड्याल, विना बस्नेत मुख्य भूमिकमा थिए ।
चलचित्रको कथा पनि निर्देशक बुढाथोकी र नयनराज पाण्डेले नै लेखेका थिए ।


