karsang
Close Me

‘१२ गाउँ’को सिक्वेल निर्माण हुने, समीर कि विराज हिरो ?

काठमाडौं । चलचित्र ‘१२ गाउँ’को सुपरहिट भएपछि यसको सिक्वेल निर्माण हुने भएको छ । पहिलो साता नै १२ करोड ५ लाख कलेक्न गरेको सिनेमाको सिक्वेल निर्माण हुने भएको हो ।

निर्माणपक्षले सुरुमै सिक्वेलका लागि क्लाइमेक्समा ठाउँ छोडेको छ । ‘१२ गाउँ’ ओपन इन्डेड सिनेमा नभए पनि सिक्वेल बनाउन सकिने ठाउँ भने छ ।

वितरक गोविन्द शाहीले सिक्वेलका लागि कथा तयार रहेको र अब त्यसमा काम गरेर सिक्वेल बनाइने बताएका छन् । यद्यपि, यसको काम अहिले समीर भट्ट ‘बलिदान’को छायांकनमा रहेकाले यो चलचित्रको काम सकिएपछि ‘१२ गाउँ’को सिक्वेलको काम सुरु हुनेछ । ‘बलिदान’को मुख्य भूमिकामा समीर छन् ।

सन्तोष सेनको निर्देशन र निर्माण रहेको चलचित्र ‘बलिदान’अहिले विराटनगरमा छायांकन भइरहेको छ ।

‘१२ गाउँ’ विराज भट्टले निर्देशन गरेको चलचित्र हो । यसमा कथा पनि उनकै छ । विराज र समीर यसको मुख्य भूमिकामा छन् । धेरै समय भने विराजले लिएका छन्, यो सिनेमामा । तर सिक्वेलमा भने समीरले अधिकांश समय अकुपाई गर्ने अनुमान लगाउन सकिन्छ । किन भने अहिले उनको क्रेज लोभलाग्दो देखिएको छ ।

विराज र समीरसँगै चलचित्रमा न्यान्सी खड्कासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

सिनेमालाई विराज भट्टले निर्देशन गरेका छन् । विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ । एक्सन–थ्रिलर कथामा बन्नेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गरेको छ ।

यही टिम लिएर विराजले सिक्वेल बनाउँछन् वा केही कलाकार हेरफेर हुनेछन्, त्यसबारे भने केही जानकारी गराइएको छैन ।