बलिउड २०२४ : खलनायक भूमिकामा कलाकारहरूको उदय
काठमाडौं । सन् २०२४ बलिउडका लागि विशेष वर्ष साबित भएको छ । यस वर्षले दर्शकलाई न केवल उत्कृष्ट सिनेमाहरू हेरे, तर धेरै कलाकारले पनि खलनायकको भूमिकामा आफूलाई फरक तरिकाले प्रस्तुत गर्दै टक अफ द टाउन बने ।
बलिउडको इतिहासमा नकारात्मक पात्रहरू सधैं आकर्षणको केन्द्रमा रहेका छन्, यो वर्ष केही अभिनेताले यिनै भूमिकालाई एक स्तर माथि पुर्याएका छन् । धेरै कलाकारहरूले नकारात्मक भूमिकाका लागि हेडलाइनहरू बने, जुन उनीहरूका लागि मात्र होइन, केही चलचित्रका लागि पनि गेम चेन्जर साबित भए ।
ज्याकी श्राफ: ‘ओमर हाफिज’ देखि ‘बब्बर शेर’
ज्याकी श्राफको लोकप्रियता यो वर्ष झन् चम्कियो । रोहित शेट्टीको ‘सिंघम अगेन’ मा ‘ओमर हाफिज’को भूमिकामा उनले दर्शकहरूको मन जितेका छन् । श्रफले ‘ओमर हाफिज’ को भूमिका निर्वाह गरेर दर्शकको अपेक्षा पूरा गर्न कुनै कसर बाँकी राखेनन् । उनको अभिनयले यो सिनेमालाई निकै ऊर्जा प्रदान गर्यो, र खलनायकको रूपमा उनको छविले सबैलाई प्रभावित पार्यो । अब उनी एट्लीको निर्देशनमा बनेको ‘बेबी जोन’मा बब्बर शेरको भूमिका लिएर आउने तयारीमा छन्, जसको टिजरले दर्शकलाई झन् उत्साहित बनाएको छ ।
कमल हासन: ‘सुप्रीम यास्किन’
दिग्गज अभिनेता कमल हासनले पनि २०२४ को बलिउड खलनायकहरूको सूचीमा आफ्नो प्रभावशाली स्थान बनाएका छन् । ‘कल्की २८९८ एडी’ मा उनले ‘सुप्रीम यास्किन’ को भूमिका निभाए, जसले फिल्मको व्यावसायिक सफलतालाई मात्र होइन, उनको बहुमुखी प्रतिभालाई पनि दर्शकसामु पुनः स्थापित गर्यो । उनको नकारात्मक भूमिकाले उनलाई खलनायकको भूमिकामा अब्बल स्थापित गर्यो । साथै, चलचित्र क्षेत्रमा सबैभन्दा खोजिने अभिनेताहरू मध्ये एकको रूपमा पहिचान हुनुको कारण प्रमाणित गरे ।
अर्जुन कपुर: ‘डेंजर लंका’
अर्जुन कपुरले पनि ‘सिंघम अगेन’ मा ‘जुबैर हाफिज उर्फ डेंजर लंका’ को भूमिका निर्वाह गर्दै बलिउडको खलनायक सूचीमा आफ्नो स्थान सुरक्षित गरेका छन् । उनले जुबैर हाफिज उर्फ डेंजर लंकाको भूमिका खेलेर दर्शकहरुलाई रोमाञ्चित बनाए ।
उनको असभ्य र खैरो चरित्रले उनलाई एक साहसी खलनायकको रूपमा प्रस्तुत गर्यो । दर्शकले उनलाई यस भूमिकामा अत्यधिक मन पराएका छन् ।
आर माधवन: ‘वनराज’
आर माधवनले यस वर्षको डरावनी ड्रामा ‘शैतान’ मा ‘वनराज’को भूमिका खेल्दै बलिउडमा खलनायकको स्तरलाई नयाँ उचाइमा पुर्याए । उनको सहज अभिनयले यो भूमिका अझै बढी शक्तिशाली बनायो र उनको बहुप्रतिभा सबैका सामु प्रस्तुत गर्यो ।
अभिनेताले यो चुनौतीपूर्ण भूमिका यति सहजताका साथ निर्वाह गरेका थिए यसले देखाउँछ कि उनी एक पेशेवर जस्तै खलनायकको पात्र निभाउन कत्तिको माहिर छन् । माधवनको यो प्रदर्शनले बलिउडमा उनको योगदानलाई अझै गहिरो बनाएर राखेको छ ।
यी सबै अभिनेताहरूले २०२४ मा बलिउडमा खलनायकीको स्तर बढाएका छन्, र दर्शकहरूले उनीहरूबाट यस्तै थप उत्कृष्ट भूमिकाहरूको अपेक्षा गरिरहेका छन् ।