को हुन् ‘बलिदान’की यी नायिका ? जो समीरको अपोजिटमा देखिँदैछिन्

काठमाडौं । वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो, ‘बलिदान’ । यो चलचित्र छायांकनको अन्तिम चरणमा छ । मोरङ हसिना सिमसार क्षेत्रमा यसको क्लाइमेक्स सिनको छायांकन भइरहेको छ ।
यो चलचित्रको मुख्य भूमिकामा समीर भट्ट र सौगात मल्ल छन् । सन्तोष सेनले चलचित्रको निर्देशन गरिरहेका छन् ।
यो चलचित्रको नायकबारे निर्माणपक्षले जानकारी दिए पनि नायिकाबारे भने हालसम्म गोप्य राखेको छ । यद्यपि, स्रोतका अनुसार कविता राय यो सिनेमाकी नायिका हुन् । उनी समीरको अपोजिटमा अभिनय गरिरहेकी छन् ।
‘कसलाई सानु भनी बोलाउँला’ बोलको गीतबाट रंगीन दुनियामा प्रवेश गरेकी उनले सुरुवाती करियर म्युजिक भिडियोबाट निर्माण गरेकी हुन् ।
सन्तोषले तीन वटा सेट बनाएर ‘बलिदान’ खिचेका छन् । । तीनवटा सेटमा मात्रै उनले तीन करोड रुपैयाँ खर्च गरेको बताएका छन् ।
४२ फिट अग्लो काली देवीको प्रतिमा ल्याएर सिनेमाको क्लाइमेक्स खिचिएको थियो । क्लाइमेक्स खिच्नलाई निर्माण टिमले माघ १ मा बलिदान सांस्कृतिक महामहोत्सव आयोजना गरिएको थियो । उक्त महोत्सवको आयोजना गरेर सिनेमाको सिन खिचिएको थियो ।
यो चलचित्रमा समीर, सौगात र कवितासँगै अर्पण थापा, दिव्य देव, अभिनेत्री ऋचा शर्मालगायतको अभिनय रहने निर्माणपक्षले जनाएको छ ।
आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने सिनेमामा निर्माताको रूपमा पवन ब्राडफोर्ड विस्ट तथा सह–निर्माता प्रेम पुरी छन् ।
‘बलिदान’ले रिलिज डेक लक गरेको छैन । छायांकन सकेर पोस्टको काम सुरु गरेपछि टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गर्ने सन्तोषले बताएका छन् ।