‘पार्वती’को २२ दिनमा इन्डक्लाप
काठमाडौं । नीता ढुंगाना फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र ‘पार्वर्ती’को छायांकन सकिएको छ । निर्माण पक्षले २२ दिनमा सुटिङ सकिएको जानकारी दिएको छ ।
गत चैत २४ गते मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा फिल्मको शुभमुर्हूत गर्दै छायांकन थालिएको थियो ।
यो चलचित्रलाई नीता ढुंगानाले निर्देशन गरेकी हुन् । मुख्यभूमिकामा निर्देशक आफैँले अभिनय गरेकी छन् ।
नीतासँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायतले अभिनय गरेका छन् ।
निर्देशक ढुंगानाकै कथा तथा पटकथा रहेको छ । फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको डीओपी रहेको यस फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन् ।




