‘पार्वती’को टिजरमा दिदीभाइको कथा

काठमाडौं । नीता ढुङ्गाना निर्देशित चलचित्र पार्वती’को टिजर रिलिज भएको छ । बुधबार गुरु पुर्णिमाको अवसर पारेर निर्माण टिमले टिजर रिलिज गरेको हो ।

टिजरमा दिदीभाइको माया दर्शाइएको छ । अटिजम भएकी दिदी र भाइबीचको मायाले दर्शकलाई भावुक बनाउँछ । पार्वती अर्थात् नीता र किरण भाई अर्थात् अशोक दर्जीलाई मात्रै एक मिनेट ५७ सेकेण्ड लामो टिजरमा अटाइएको छ ।

भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको कथा अभिनेत्री नीता ढुङ्गानाकै छ ।

नीताका साथमा अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतका कलाकारहरुको अभिनय गरेको छ ।

निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस चलचित्रको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको डीओपी रहेको यस फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ ।